आज पनि तोलामा सात सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ–सुनको मूल्य लगातार बढ्दो क्रममा छ। मंगलबार पनि सुनको मूल्य बढेको छ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाामा कारोबार भइरहेको छ।

साउन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्