प्रसिद्ध बलिउड अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन

प्रसिद्ध भारतीय अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिइन्।

उनको मृत्युको बारेमा नावेद जाफरीले ट्वीट गरेर जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘हामीले एक अर्को रत्न गुमायौँ, म बच्चा हुँदादेखि नै उहाँलाई चिन्थेँ। उहाँ हाम्रा लागि परिवार हुनुहुन्थ्यो। एक असल मान्छे। भगवान तपाईको आत्मालाई शान्ति दिउन्, कुमकुम आन्टी।’

नावेद प्रशिद्ध अभिनेता जगदीप जाफरी छोरा हुन्। जगदीप र कुमकुमले केही चलचित्रहरुमा एकसाथ काम गरेका थिए।

कुमकुमले आफ्नो बलिउड करियरमा एक सयभन्दा बढी चलचित्रमा काम गरेकी छन्।

उनलाई मदर इण्डिया, सन अफ इण्डिया, कोहीनुर, उजाला, नयाँ दौर, श्रीमान् फन्टुस, एक सपेरा एक लुटेर लगायतका चलचित्रमा गरेको अभिनयका लागि चिनिन्छ।

साउन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्