इनअफ इज इनफले फेरि सम्झायो आफ्ना माग, ‘सत्याग्रह जनताको जीवन रक्षाका लागि’

तस्बिरहरु: रविन आचार्य

काठमाडौं- कोरोना भाइरसको महामारीमा सरकार जनताप्रति संवेदनशील नभएको र अनियमिततामा लिप्त भएको भन्दै आन्दोलन गरिरहेको इनअफ इज इनअफले आफ्ना मागबारे पुन सरकारलाई स्मरण गराएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै उसले कोरोना भाइरसको महामारीविरुद्ध गम्भीर बन्न र जनताको सुरक्षालाई के‍न्द्रमा राख्न सरकारलाई आग्रह गरेको छ।

पिसिआर परीक्षणको दायरा वृद्धि, भएका साधन स्रोतको प्रयोग, कन्ट्याक्ट ट्रेसिङ, चाँडो नतिजा, क्वारेन्टिन रणनीति सुधार, राहत र सुरक्षा, पारदर्शीता तथा जवाफदेयीता, स्वास्थ्य क्षमतामा वृद्धि, विज्ञ सुझाव समिति गठन, जोखिमको जानकारी, मानव अधिकारको रक्षालगायत विषयमा गम्भीर बन्न इनअफ इज इनअफले आग्रह गरेको छ।

लामो समयदेखि  सत्याग्रह गर्दै आएको इनअफ इज इनअफले मंगलबारदेखि आन्दोलनका कार्यक्रमको दायरा फराकिलो पारेको छ।  इनअफ इज इनअफले जनताको जीवन रक्षाका लागि सत्याग्रह भएको विज्ञप्तिमा उल्लेख छ।

तस्बिरहरु: रविन आचार्य

 

 

साउन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्