भारतलाई नेपालको जवाफ : कालापानी हाम्रो भूभाग हो, हाम्रा जनता त्यहाँ निर्वाध जान्छन्

काठमाडौं- भारतीय पक्षले कालापानी,लिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भनी दार्चुला प्रशासनलाई लेखेको पत्रमा नेपालले कडा जवाफ फर्काएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका अधिकारीलाई जवाफ पठाउँदै लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता निर्वाधरुपमा आवतजावत गर्न कसैले पनि रोक्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आपत्ति जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन्।

भारतले आफ्नो दाबी गर्दै आएका लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालले आफ्नो नक्सामा समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ। नेपालले यी क्षेत्र आफ्नै भएको दावी गर्दै नक्सामा समावेश गरेको हो। त्यसयता यस क्षेत्रमा नेपालीको सुरक्षाकर्मीलगायतको चहलपहल बढेको छ। भारतीय पक्षको पत्रपछि गृह मन्त्रालयको निर्देशनमा दार्चुला प्रशासनले यस्तो जवाफ फर्काएको बुझिएको छ।

साउन १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्