सुनको मूल्य ताेलाकाे ९९ हजार

फाइल तस्बिर

काठमाडौँ– सुनको मूल्य बिहिबार वृद्धि भएको छ। बिहीबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य तोलामा चार सय ९५ रुपैयाँले बढेर ९८ हजार पाँच सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साउन १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्