सरला गौतमको उपन्यास ‘डुमेरो’ बजारमा आयो

सरला गौतमको उपन्यास ‘डुमेरो’ बजारमा आयो
+
-

काठमाडौँ- पब्लिकेसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’  सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।

गौतमले पत्रकरिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गरेकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनीतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गर्छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो।

 पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्- ‘गौतमले वकालत गर्ने भाषाको अराजनीतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तीकरणपहिचान र बद्लिदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन्। गौतमको शैली निडरबेलगाम र समसामयिक छ। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।’

 शीर्षक ‘डुमेरो’ आफैँमा नौलो शब्द छ।  कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ।

‘यो शब्द सुन्नमा लयालु त छँदै छ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौंजहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’

 महामारीको लगत्तै बजारमा आएको किताबले अरुबेलाकै झैँ प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्- ‘समय साँच्चै चुनौतीपूर्ण छतर हाम्रो अघिल्लो प्रकाशन- भूवन ढुंगानाको परित्यक्ताले  बन्दाबन्दीका बाबजुद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो। यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साहजनक प्रोत्साहन प्रदान गर्छ भन्नेमा हामी आशावादी छौं।’

नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छजुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम (thuprai.com)  बाट किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?