प्रिमियर लिगमा बढुवा हुने यात्रामा फुलह्याम, पुग्यो प्लेअफ फाइनलमा

इंग्लिस प्रिमियर लिगमा बुढुवा हुने प्रयासमा रहेको फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा पुगेको छ ।

बिहीबार राति भएको प्लेअफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफ सिटीसँग २-१ ले पराजित भएर पनि फुलह्याम समग्रमा ३-२ को जितसहित फाइनल पुगेको हो ।

बिहीबार रातिको खेलमा कार्डिफका लागि नेल्सन र टोमलिनले गोल गरे। फुलह्यामका लागि केबानोले एक गोल फर्काए ।

प्लेअफको फाइनलमा फुलह्यामले आउँदो मंगलबार बे्रन्टफोर्डको सामना गर्ने छ । सो खेलमा विजयी हुने टिम प्रिमियर लिगमा बढुवा हुनेछ ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्