कुवेतमा नेपालीलाई प्रवेश रोक

फाइल तस्बिर

काठमाडौँ – कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको हो।

कुवेतले प्रवेश रोक लगाएका सात मध्ये दक्षिण एसियाका पाँच देश रहेका छन्।

दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँचसहित इरान र फिलिपिन्सका नागरिकलाई कुवेतले प्रवेश रोक लगाएको हो।

कुवेतमा हजारौँ नेपाली कामदार छन्।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्