शाओमीले भित्र्यायो रेडमी ९ सिरिजका दुई स्मार्टफोन

काठमाडौँ-ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले शुक्रबार नेपालमा बजेट सेग्मेन्टभित्र दुई नयाँ स्मार्टफोन मोडल रेडमी ९ र रेडमी ९ ए सार्वजनिक गरेको छ।

क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले द्रूत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा पोेट्रेट लिन सहयोग गदर्छ।

६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ।

५०२० एमएएच क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले १८ वाट्ट फास्ट चार्जिङ टेक्नोलोजी पनि सपोर्ट गर्छ। रेडमी ९ कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पल गरी तीनवटा कलरमा पाइन्छन्।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको लक्ष्य झल्काउँछ।

साउन १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्