हेड्स अप एफए कप फाइनल, दुई युवा प्रशिक्षक पहिलो उपाधिको खोजीमा

दुई युवा तथा पूर्व खेलाडीको प्रशिक्षणमा रहेका क्लब आर्सनल र चेल्सी शनिबार बेलुका ‘हेड्स अप एफए कप’ फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

आर्सनलको मैदान वेम्ब्लीमा हुने एफए कपको यो वर्षको फानलको नाम हेड्स अप राखिएको छ, यसको कारण बेलायत राजकुमार विलियम्सले मानिसक स्वास्थ्यका लागि गर्दै आएको अभियान हो।

यो वर्ष उनीहरुले खेलाडीहरुको मानसिक स्वास्थ्यसँगै समग्रमा त्यसबारे सचेतना फैलाउने उद्देश्य राखेका छन्।

फाइनल खेललाई दुई टिमसँगै दुई युवा प्रशिक्षकबिचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको छ । आर्सनलको प्रशिक्षक हुन्, टिमका पूर्व खेलाडी समेत रहेका मिकेल आर्तेता भने चेल्सीको प्रशिक्षक टिमका पूर्व खेलाडी समेत रहेका फ्र्यांक लाम्पार्ड हुन् ।

दुवै टिम र प्रशिक्षक दबाबमा छन् । लाम्पार्डले दबाबले राम्रो नतिजाका लागि प्रेरित गर्ने बताएका छन् । आर्तेता र लाम्पार्ड दुवै प्रशिक्षकका रुपमा पहिलो उपाधिको पर्खाईमा छन् ।

आर्सनलले अहिलेसम्म कीर्तिमानी १३ पटक एफए कपको उपाधि जितेको छ । प्रिमियर लिगमा ८ औँ स्थानमा रहेको आर्सनलले एफए कपको उपाधि नजितेमा आउँदो सिजन युरोपा लिग खेल्न पाउने छैन ।

सिजन रक्षाका लागि पनि एफए कपको उपाधि जित्नु आवश्यक रहेको आर्सनलका स्ट्राइकर एलेक्सान्ड्र लाकाजेटीले बताएका छन् ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्