प्रशिद्ध व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक गर्ने तीनजनाविरुद्ध उजुरी

अमेरिकाका प्रमुख राजनीतिज्ञ तथा व्यवसायी र सेलिब्रेटीको ट्वीटर एकाउन्ट ह्याक गर्नेकार्यमा संलग्न तीनजना मध्ये एकजना बेलायको दक्षिण तटीय क्षेत्र बोग्नर रिजेसका बासिन्दा रहेको अमेरिकाको न्याय विभागले जनाएको छ ।

क्यालिफोर्नियाका अधिकारीले १९ वर्षका म्यासन शिपार्डविरुद्ध गम्भीर अपराधको अभियोग दर्ता गरेका छन्।

बेलायतको राष्ट्रिय अपराध ब्युरो (एनसिए) ले प्रहरीसहित गएर बोग्नर रिजेसमा रहेको म्यासनको घरमा खानतलासी गरिएको बताएको छ ।

ट्वीटर एकाउन्ट ह्याक भएको घटनामा संलग्न ताम्पा र निमा फाजेलीविरुद्ध पनि फ्लोरिडामा उजुरी दर्ता भएको छ । उनीहरु दुवै ओरलाण्डोका बासिन्दा हुन् र दुवै २२ वर्षका भए । मजाक वा मुनाफा, जे का लागि भएको भए पनि ट्वीटर एकाउन्ट ह्याकिङ्ग स्वीकार्य नरहेको अमेरिका न्यायाधीवक्ता डेविड एल एन्डर्सनले बताएका छन् ।

गएको जुलाई १५ मा विभिन्न व्यक्तिको ट्वीटर एकाउन्ट ह्याक भएको छ । पूर्व राष्ट्रपति बाराक ओबामा, अमेजेनका मालिक जेफ बेजोस, इलोन मस्क, माक्रोसफ्टका संस्थापक बिल गेट्स, आउँदो नोभेम्बर हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन, किम कार्डासियनसहितको एकाउन्ट ह्याक भएको थियो ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्