व्यवस्थापन र संरक्षणको खाँचो

हाइकिङ्गका लागि रुचाइएको तारकेश्वर (फोटोफिचर)

तारकेश्वर क्षेत्रको हाकिङ्गमा रोमाञ्चित यात्री, यो क्षेत्रमा तारकेश्वर महादेवको मन्दिर, घना जंगल तथा झरनासहितका गन्तव्य यात्रीलाई मोहित पार्छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – राजधानी काठमाडौँ उपत्यकाको मुख्य शहरबाट नजिकै रहेको धार्मिक तथा पर्यटकीय केन्द्र हो तारकेश्वर महादेवको मन्दिर।

काठमाडौँ उपत्यकाको उत्तरमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र रहेको तारकेश्वर महावदेव मन्दिरको पौराणिक महत्व रहेको छ। ऐतिहासिक पाँचमाने र जितफुरफेदी हुँदै पुग्न सकिने तारकेश्वर महादेव मन्दिरमा जनै पूर्णिमाका दिन विशेष मेला लाग्छ।

शिवपुरी पर्वत शृङ्खलामा रहेको तारकेश्वर महादेव मन्दिरलाई हिन्दूहरुको प्रमुख धार्मिक स्थलका रुपमा लिइन्छ। स्वस्थानी व्रतकथामा ‘सतीदेवीको दाहिने तिघ्रो पतन भएको स्थानमा तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्तिस्वरुपले रहे’ भन्ने उल्लेख छ।

यस्तै यो क्षेत्र प्रकृतिप्रेमीहरुका लागि पनि उपयुक्त रहेको छ। नगरपालिको नामसँग जोडिएको तारकेश्वर महादेव मन्दिर संरक्षण र प्रचारप्रसार अभावमा संकटमा देखिन्छ।

पछिल्लो समय हाइकिङ्ग जानेहरुले तारकेश्वर क्षेत्रलाई पनि रुचाउन थालेका छन्। त्यहाँको प्राकृतिक वातावरण, मन्दिर तथा झरनाका कारण केही चहलपहल बढेको हो। तर व्यवस्थापन र संरक्षणको भने खाँचो छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले तारकेश्वर क्षेत्रको हाइकिङ्गका क्रममा त्यहाँको धार्मिक तथा प्राकृतिक अवस्थितिलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू