कञ्चनपुरमा अज्ञात समूहद्वारा श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

सांकेतिक तस्बिर

धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हत्या गरिएकी बेलुका श्रीमान पनि घटनामा गम्भीर घाइते रहेको बताए।

गम्भीर घाइते घनश्यामलाई उपचारका लागि धनगढी पठाएको उनले जानकारी दिए ।

प्रवक्ता थापाले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाबारे सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्