अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा खतरनाक तातो हावा चल्ने पूर्वानुमान

अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा अबको केही दिन तातो हावा चल्ने चेतावनी त्यहाँको मौसम पूर्वानुमान सेवाले दिएको छ ।

शनिबार–सोमबार देशका दक्षिण–पश्चिमी क्षेत्रको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने र तातो हावा चल्ने सम्भावना रहेको अमेरिकाको नेशनल वेदर सर्भिस (एनडब्लुएस) ले जनाएको छ ।

क्यालिफोर्नियामा शनिबार तापक्रम ५० डिग्री तथा युटा, एरिजोना र नेभेडाका केही क्षेत्रको तापक्रम ४९ डिग्रीसम्म पुग्ने र तातो हावा चल्ने एनडब्लुएसले जनाएको छ ।

शुक्रबार एरिजोनाको फोनिक्सको तापक्रम अहिलेसम्मकै धेरै ४६ डिग्री सेल्सियस पुगेको थियो । यस्तै क्यालिफोर्नियासहितका शहरमा पनि तापक्रम अहिलेसम्मकै धेरै भएको थियो ।

गर्मी तथा तातो हावाका कारण ज्यानै जान सक्ने भएकाले घर बाहिर सकेसम्म ननिस्कन एनडब्लुएसले सर्वसाधारणलाई सुझाव दिएको छ । उच्च–चापीय प्रणाली दक्षिण–पश्चिमी क्षेत्रमा सक्रिय रहेकाले तापक्रम बढिरहेको मौसमविदले बताएका छन् ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्