सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण, सभामुख सापकोटासहितको स्वाब संकलन

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लैनचौरस्थित सरकारी निवासमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि शुक्रबार सभामुख सापकोटासहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।

संक्रमण पुष्टि भएका सभामुखको सरकारी निवासमा कार्यरत ती कर्मचारीमा विवरण खुलाइएको छैन।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्