नेपाली सेनाका उपरथी ईश्वर हमालले सम्हाले राष्ट्रसंघ फोर्स कमान्डरको भूमिका

काठमाडौँ – नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघको फोर्स कमान्डरको भूमिका निर्वाह गर्न सिरिया गएका छन् ।

सिरियास्थित संयुक्त राष्ट्रसंघ डिसइनगेजमेन्ट अब्सर्भर फोर्स मिसनको प्रमुखको रुपमा उनले जिम्मेवारी सम्हालेको नेपाली सेनाले जनाएको छ । हमालले साउन १२ गतेदेखि जिम्मेवारी सम्हालेका हुन् ।

सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार हमालले कार्यभार सम्हाल्दै मिसनका लक्ष्यहरु हाँसिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएको सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमाललाई फागुन १२ मा उक्त पदमा नियुक्त गरेका थिए । यूएन मिसनको प्रमुख अर्थात् फोर्स कमान्डरको भूमिका पाउने हमाल छैँटौँ नेपाली सैनिक अधिकारी हुन् ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्