दलदलमा नेता भासिएपछि मुलुक डुब्दै!

दलदलमा
नेता भासिएपछि
मुलुक डुब्दै !

चिन्तेले चिन्थे
अँ चिनी चिनी दिन्थे
चम्चा पो चम्के !

यो भेँडीगोठ
भेडा भेडातिर नै
बाख्रा-बिचल्ली !

भीड भान्सामा
कोभिडको ताण्डव
जाग्दैन भान्से !

नेताका नत्थी
बाह्रबुँदे डोरीले
तान्दै र रोक्दै !

डोरी मक्कियो
भकारो ‘नि रित्तियो
समृद्धि स्वप्न !

बुढो भ्यागुतो
झीलमा गाउँदैछ
बैँसको गीत !

फुत्रुक्क उफ्र्यो
ताल बाहिरै नाच्यो
सर्पको दृष्टि !

सर्पको मुख
माछा निल्दै भ्यागुता
जीवन-चक्र !

भ्यागुते ठालु
‘जलकपूर’ जन्ता
बैरिको फँडा !

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्