कोरोनाबाट बच्न सुरक्षामा खटिने प्रहरीहरु थप सतर्कता अपनाउँदै (तस्बिरहरु)

काठमाडौँ – सरकारले लकडाउन खुलायो तर संक्रमण बढ्दै गएको छ। परीक्षणको दायरा बढाउनु पर्नेमा झन कम हुँदै जाँदा समुदायस्तरमा संक्रमण फैलिन सक्ने चेतावनी स्वास्थ्यविज्ञले दिएका छन्।

संक्रमण सुरक्षाकर्मीमा पनि फैलिएको छ । प्रहरीहरु संक्रमित हुँदै गएपछि सुरक्षाका लागि खटिने प्रहरीहरुले विगतमा भन्दा बढी सतर्कता अपनाएको देखिएको छ संक्रमण नफैलियोस् भनेर।

सडकमा खटिएका अधिकांश सुरक्षाकर्मीले पीपीई लगाएको देखिन्छ। यस्तै हातको सफाइका लागि सेनिटाइजरको व्यवस्था विगतमा भन्दा व्यवस्थित तरिकाले गरिएको शनिबार काठमाडौँमा देखियो। प्रहरीको प्रयोगका लागि स्प्रे गर्न मिल्ने सेनिटाइजरको व्यवस्था गरिएको हो।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाएको सावधानीलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

 

 

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू