‘इनफ इज इनफ’का अभियन्ताहरु आज पनि हाडीगाउँबाट पक्राउ

काठमाडौं-इनफ इज इनफका अभियन्ताहरु आज पनि नक्सालस्थित हाडीगाउँबाट पक्राउ परेका छन्।

सरकारले मेडिकल सामग्रीमा चरम भ्रष्टाचार गरेको, पिसिआर परीक्षणको दायरा वृद्धि नगरेको, भएका साधन स्रोतको प्रयोग नगरेको, क्वारेन्टिन रणनीति सुधार नगरेको, राहत र सुरक्षा नगरेको भन्‍दै प्रदर्शन गरेपछि उनीहरुलाई प्रकाउ गरेको हो।

पक्राउ परेका उनीहरुले केपी सरकार मुर्दावाद, राजीनामा दे, १० अर्बको हिसाबकिताब सार्वजनिक गर, भ्रष्टाचार बन्द गर लगायतका नारा लगाएका थिए।

पछिल्लो समय सरकारको भ्रष्टाचार विरुद्ध युवाहरुले इनफ इज इनफ नामक अभियानमार्फत स्वस्फूर्त रुपमा सडकमा प्रदर्शन गर्दै आएका छन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्