कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ८३ हजार नाघ्यो

एजेन्सी-विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ।सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् ।

यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ ।

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ। अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ। ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्