कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, आज ३१५ जना थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएकाे छ। देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्