काठमाडौँ उपत्यकामा थप ६ जनालाई कोरोना संक्रमण

काठमाडाैँ– काठमाडाैँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शनिबार काठमाडाैँका ५ जना र भक्तपुरका १ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए।

प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका २ जना, नेपाल प्रहरी अस्पताल महाराजगंजमा काठमाडाैँका १ जना, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका २ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको  छ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्