आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौँ– नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमतिको कुल संख्या २० हजार ८६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९ र कञ्चनपुरका ९ जनामा कोराना पुष्टि भएको छ।

यस्तै काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्