कोरोना अपडेटः संक्रमित २० हजार ८६, निधन ५६, डिस्चार्ज १४ हजार ४९२

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९ र कञ्चनपुरका ९ जनामा कोराना पुष्टि भएको छ।

यस्तै काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ र भक्तपुरका १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएकाे छ। देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्। प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत छन्।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन्।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५६ जनाले ज्यान गुमाएका छन्।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्