कोरोनाका कारण जनकपुरधाममा झुल्नोत्सवको रौनकतामा कमी

जनकपुरधाम-मिथिलाञ्‍चलमा प्रत्येक वर्ष हर्षोल्लासका साथ झुलनोत्सवको मनाइए पनि यस व।र्ष भने कोरोना भाइरसका कारण
यसको रदनकतामा कमी आएको छ।

जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिए पनि यसवर्ष भने उक्त मन्दिरहरुमा भक्तजनको संख्‍यामा कमी आएको छ।

यसका साथै मिथालाञ्चल क्षेत्र, भारतको विहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लाबाट पनि भक्तजनहरु आउन पाएका छैनन्।

प्रत्येक वर्ष झुलनोत्वसव पर्व धुमधामको साथ मनाउने परम्परा रहेपनि कोरोना संक्रमणको त्रासका कारण मन्दिर परिसरमा चेकजाँचको व्‍यवस्था गरिएको छैन। तर मन्दिरको मूल गेट भने बन्द गरिएको छ।

साउन शुक्ल तृतिया तिथिबाट शुरु भएको झुल्नोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ। झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा रहेको छ।

यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ।

एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ तर यस वर्षभने यसमा कमी आएको छ।

मिथिलाञ्चलमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता सुरू हुन्छ।यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरू सुन्न सकिन्छ।झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेद्य बाँड्ने परम्परा छ।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुल्नोत्सव डोरी काटी विधिवत् रूपमा सम्पन्न गर्ने धार्मिक परम्परा छ।

झुल्नोत्सव जनकपुरधाममा कसरी शुरु भयो ?


जनकपुरधारममा जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासको पालोमा झुला उत्सवको प्रारम्भ भएको बताइन्छ।दासको आगमनको समय सन् १७३० लाई मानिन्छ।त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्‍न उत्सवहरुको सुरुवाता समेत भएको मानिनछ।

सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे।उनले कहिलेकाही माता जानकीसँग कुराकानी समेत गर्ने गरेको मानिन्छ र माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका बताइन्छ।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्