आफैँ पीसीआर परीक्षण गराउन अस्पताल पुगेका व्यक्तिमा कोरोना भाइरस संक्रमण, दुवैजना सम्पर्कविहिन

बुटवल- बुटवलमा आफै परीक्षण गराउन अस्पताल गएका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क लिएर शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु भने सम्पर्कविहिन छन्। उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको डा. गौतमले जानकारी दिए। परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ।

रोजगारको शिलशिलामा भारतबाट आएका उनीहरुले रोजगारदाता कम्पनीमा जानुअघि परीक्षण गराउन आएको बताएका थिए। ५५ सयका दरले शुल्क तिरेर उनीहरुले स्वाबको नमुना दिएका थिए।

साउन १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्