देशभर दिनभर कस्तो रहला मौसम, वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा?

काठमाडौँ – देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली तथा वर्षा भइरहेको हो ।

हाल देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्