पाँच दिनपछि ओली दाहालबीच भेटवार्ता जारी

काठमाडौँ – पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि पाँच दिनदेखिको संवादहिनता तोड्दै नेकपाका दुई केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा बसेका छन्।

ओली र दाहालबीच दुई घण्टादेखि बालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन्।

गत मंगलबार बोलाइएको स्थायी कमिटि बैठक एक पक्षीय रुपमा ओलीले स्थगित गरेपछि उनी इतर समूहका स्थायी समिति सदस्यहरुले बालुवाटारमै बैठक गरेका थिए।

उक्त बैठकलाई दाहाल नेपाल पक्षले स्थायी समितिको निरन्तरता भने पनि ओली पक्षले भने गुट भेला दाबी गर्दै आएको छ। बैठक स्थगितपछि दाहाल र खनालले गएर ओलीलाई बैठकमा आउन आग्रह गरे पनि अस्वीकार गरेका थिए।

उक्त तित्त भएर बालुवाटारबाट बाहिरिरएका दाहाल आइतर एकैपटक पुगेका हुन्। मंगलबारको बैठक स्थगित भएपछि नेकपाको स्थायी समिति बैठक अझै निश्चित भएको छैन। असार १८ गतेदेखि स्थायी समिति बैठक स्थगित हुँदै आएको छ।

अहिले भइरहेको भेटमा नेताहरुबीच पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने र सहमतिमै स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो।

दाहाल नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद एक महिनाभन्दा बढी समयदेखि सहतमा आएको छ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्