डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–७ पोखरा नजिकै जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १११५५ नम्बरको जीप दुर्घटना भएको हो। जीप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खसेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय विभु प्रकाश भट्ट, ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षीय विवेक मल्ल रहेका छन्। यस्तै सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका ४ का जीप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएका डिएसपी न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्