काठमाडौंमा ट्याम्पो चालकलाई कोरोना संक्रमण

काठमाडौं- राजधानीमा सफा ट्याम्पो चलाउने एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ। सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याएको थियो। साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो।

सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू