शानदार जितसहित सुरु गर्‍यो सेल्टिकले नयाँ सिजन

सेल्टिकले ओड्सन एडूवार्डको ह्याट्रिकको मद्धतमा स्कटिस प्रिमियर लिगको नयाँ सिजनमा प्रभावशाली जित निकाल्दै लगातार १० औँ पटक उपाधि जित्ने सपनासहितको यात्राको थालनी गरेको छ ।

स्कटिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा सेल्टिकले आइतबार राति हामल्टन एकेडेमिकललाई ५–१ ले पराजित गरेको हो ।

सेल्टिकका लागि एडुवार्डले २०, ४९ र ५३ औँ मिनेटमा गरी ह्याट्रिक गरे । यस्तै फ्रिम्पोङ्गले ३१ तथा क्लिमालाले ९० औँ मिनेटमा गोल गरेका हुन् । हामल्टनका लागि ३४ औँ मिनेटमा मार्टिनले एक गोल फर्काए ।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्