ओली र दाहालबीच आज पनि वार्ता हुँदै

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।

काठमाडौँ – पार्टीमा देखिएको विवाद समाधानको उपाय खोजीका लागि नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच बालवाटारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीसँग छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  बालुवाटार पुगेका हुन्।

आइतबार तीन घण्टासम्म चलेको छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै त्यसलाई अन्तिम टुंगो दिन दुई अध्यक्षबीच सोमबार बिहान ९ बजे फेरि वार्ता हुने समय तोकिएको थियो।

आइतबारको बैठकमा ओली दाहालसँगै नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ सहभागी थिए।

बैठकपछि नेता नेम्वाङले दुई अध्यक्षबीच हार्दिकतापूर्वकक छलफल भएको र सोमबार बिहान ९ बजे बस्ने बैठकले विवादको समाधान निकाल्नेमा आफू निकै नै आशावादी रहेको बताएका थिए।

तर बालुवाटारमा भएको उक्त छलफलबारे खुमलटारमा आफूनिकट नेताहरुलाई बिफ्रिङ गर्दै अध्यक्ष दाहालले ओलीसँगको छलफल सकारात्मक भइनसकेको बताएका थिए।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्