जनैपूणिर्मा र सोमबारको वर्तः स्नान गर्ने खोलादेखि शिवालय घुइँचो (फोटो फिचर)

दाङ – अर्जुन खोलाको किनारमा लस्करै मानिस बसेका छन् । हातमा कुस, गाइको गोबर, माटो, खरानी लिएर नाभि मुनि, छाति र निधारमा दल्दै विधिपूर्वक स्नान गरे ।

त्यस पश्चात् शिवालयमा जनैको पुजन गरियो । यस वर्षको जनैपूणिर्मामा लमहीको शिवालयमा भक्तजनको भिडनै लाग्यो ।

मन्दिर बाहिर प्रहरीले मास्क लगाएर मात्रै मन्दिर भित्र जान अनुरोध गरेको थियो भने मन्दिर भित्र साउने सोमबार परेकाले पनि भक्तजनको भिड रह्यो । मन्दिर भित्र भौतिक दूरी कायम थिएन । मास्कले नाक मुख दुवै छोप्नुपर्ने भएपनि भक्तजनले मुख मात्रै छोपेको पाइयो ।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ ।

आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गेको दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ ।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्