मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट: पिट्ने पनि नेपाली, दुवै अवैध कामदार

काठमाडौँ – मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको पाइएको छ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार कपिलबस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए। हुसेनलाई उराउले कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो।

दूतावासका अनुसार पीडित र पीडक दुवै जना मलेसियामा अवैध कामदारका रुपमा बसिरहेको पाइएको छ।

जुलाई ३१ तारिखमा नेपाली सेक्युरिटी गार्डमाथी कुटपिट भइरहेको भिडियोबारे जानकारी प्राप्त भए लगत्तै मलेसियामा सेक्युरिटी गार्ड उपलब्ध गराउने कम्पनीहरुको छाता संगठनलाई सत्यतथ्य बुझ्न अनुरोध गरेको थियो।

घटना जुलाई ७ तारिखको विहान क्वालालाम्पुरस्थित M३ महलमा भएको थियो। पीडक भनिएका उराउ, हुसेनका सुपरभाइजर हुन्।

 

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्