सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार ६४ जना कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चारजना रहेका छन्। सोमबार ६५ संक्रमित थपिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ८ सय ४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार एक सय ९७ , डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैगरी कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्य तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्