१३ दिनमा प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर रोकियो सुनको मूल्य

फाइल तस्बिर

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार १३ दिन बढेर सोमबार रोकिएको छ। सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँ बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा पछिल्लो १३ दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ९ सय रुपैयाँ बढेको छ। साउन ६ गते नेपाली बजारमा सुनको कारोबार प्रतितोला ९२ हजार ७ रुपैयाँमा भएको थियो। त्यतिबेला अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ मूल्य बढेको थियो। यसबीचमा सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँसम्म बढेको छ।

साउन ७ गते नेपाली बजारमा सुनको कारोबार अघिल्लो दिनको भन्दा एक हजार ३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

१३ दिनमा छापावाला सुनको मूल्य


यस्तै साउन ८ गते छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

९ गते पुनः १३ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। ११ गते ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी १२ गते प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। १३ गते प्रतितोला ७ सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँ, १४ गते प्रतितोला ३ सय रुपैयाँले बढेर ९८ हजार ५ सय रुपैयाँ, १५ गते प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ, १६ गते प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सय रुपैयाँ र १८ गते प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

१३ दिनमा तेजावी सुनको मूल्य


तेजावी सुनको मूल्य प्रतितोला १३ दिनमा ६ हजार ९ सय रुपैयाँले बेढेको महासंघले जनाएको छ। सोमबार सुनको मूल्य यथावत नै रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ सय ९५ रुपैयाँले बढेर ९९ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै साउन ६ गते अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य प्रतितोला ३ सय ९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

साउन ७ गते प्रतितोला १३ सय रुपैयाँले बढेर ९३ हजार ५ सय ६० रुपैयाँ, ८ गते प्रतितोला ५ सय ५ रुपैयाँले बढेर ९४ हजार ६५ रुपैयाँ, ९ गते प्रतितोला १३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय ६५ रुपैयाँ, ११ गते प्रतितोला ४ सय ९५ रुपैयाँले बढेर ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ।

यस्तै १२ गते प्रतितोला १२ सय रुपैयाँले बढेर ९७ हजार ६० रुपैयाँ, १३ गते प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ७ सय ६० रुपैयाँ, १४ गते प्रतितोला ३ सय ५ रुपैयाँले बढेर ९८ हजार ६५ रुपैयाँ, १५ गते प्रतितोला ४ सय ९५ रुपैयाँले बढेर ९८ हजार ५ सय ६० रुपैयाँ, १६ गते प्रतितोला ३ सय ५ रुपैयाँले बढेर ९८ हजार ८ सय ६५ रुपैयाँ र १८ गते प्रतितोला २ सय ९५ रुपैयाँले बढेर ९९ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्