लगानी बोर्डको प्रमुखमा भट्ट नियुक्त

काठमाडौँ – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ।

इन्जिनियर पृष्ठभूमका भट्टलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्ति गरेको हो।

उनले राष्ट्रिय योजना आयोगमा सदस्य रुपमा पनि काम गरेका छन्।

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू