भारतमा लगातार पाँचौँ दिन ५० हजार भन्दा धेरैमा संक्रमण

भारतमा गत चौबिस घण्टामा ५२ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबिस घण्टामा ५२ हजार ५० जना संक्रमित थपिएका छन्।

लगातार ५० हजार भन्दा धेरै संक्रमित फेला परेको भारतमा यो पाँचौ दिन हो। भारतमा गत चौबिस घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०३ रहेको छ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको छ। ती मध्ये ३८ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो १५ दिन यता भारतमा कोरोना संक्रमणको दर निकै बढिरहेको छ। भारत संक्रमितका हिसाबले विश्वको तेस्रो स्थानमा छ। पहिलो स्थानमा अमेरिका तथा दोस्रो स्थानमा ब्राजिल रहेको छ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्