एक तोला सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ

काठमाडौँ – सुनको मूल्य एक तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ३६५ पुगेको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू