लद्दाख सीमामा चीनका १७ हजार सैनिक, भारतले तैनाथ गर्‍यो टी–९० ट्यांक

लद्दाख क्षेत्रमा भारत र चीनबिचको सीमामा उत्पन्न तनाव पूर्ण रुपमा टुंगिएको छैन। गएको आइतबार दुवै पक्षका कमाण्डर तहमा वार्ता भयो तर सीमा विवाद पूर्ण रुपमा रोकिएको वा थामिएको छैन ।

भारतीय पत्रिका हिन्दुस्तानका अनुसार लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा चीनले १७ हजार सैनिक तैनाथ गरेको छ। भारतले पनि सीमा क्षेत्रमा टी–९० ट्यांक स्थापना गरेको पत्रिकाले उल्लेख गरेको छ ।

योसँगै भारतले सैनिक पनि तैनाथ गरेको छ। पत्रिकाका अनुसार चीनले दोलत बेग ओल्डी र देपसाङ्ग क्षेत्रमा १७ हजार सैनिक खटाएको हो ।

भारतले काराकोरम नजिक पेट्रोलिङ्ग प्वाइन्ट–१ देखि देपसाङ्ग मैदानसम्म सैनिक खटाएको सरकारी स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तानले लेखेको छ । सो स्थानमा गएको अप्रिल–मे मा चीनका सैनिक रहेको दाबी गरिएको छ ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्