विराटनगर – विराटनगर महानगरपालिकामा कोरोनाभाइरस कोभिड १९ का ८ जना संक्रमित थप भएका छन्।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार मंगलबार महानगरपालिकामा ३ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो।

ंमहानगरमा कुल संक्रमितको संख्या १५० रहेकोमा ३१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

त्यसैगरि, मंगलबार नै इटहरी उपमहानगरपालिका ६ र ९ का ५३ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।

इटहरीकै ६ नम्बरकी २३ वर्षीया महिलामा समेत कोभिड १९ पुष्टि भएको छ।

झापाको कचनकवल गाँउपालिकाका ३ पुरुष र मोरङको बुढीगंगा गाँउपालिका टंकीसिनुवारीका २५ र ५० वर्षका पुरुषको पनि कोभिड १९ रिपोर्ट पोजेटिभ आएको छ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्