मंगलबार प्रदेश-१ मा थप ४३ जना कोरोना संक्रमित

मोरङ- प्रदेश १ को मोरङ, सुनसरी, झापा र ईलाममा गरी ४३ जना कोरोनाभाइरस कोभिड १९ का नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार चार जिल्लाबाट ४२ र १ जना प्रदेशबाहिरबाट संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार मोरंगका ५ वटा स्थानीय तहमा गरि कुल २० जना संक्रमित मंगलबार थपिएका छन्।

विराटनगर महानगरपालिकामा ४ महिला र ७ पुरुष संक्रमित भएको जनाएको मन्त्रालयले बुढीगंगा गाँउपालिकामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो। त्यसैगरि, लेटाङ् नगरपालिकासंगै केराबारी गाँउपालिकामा समान २ जना पुरुष र उर्लाबारी नगरपालिकामा १ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सुनसरीको दुहबी नगरपालिकामा ४ जना पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको छ। त्यसैगरी, इटहरी उपमहानगरपालिका ३ पुरुष १ महिला, धरान उपमहानगरपालिकामा ३, झापाको कचनकवलमा ३, ईलामको सुर्योदय नगरपालिका, दमक र गौरीगञ्ज नगरपालिकामा समान २, इनरुवा नगरपालिका र भद्रपुर नगरपालिकामा समान १ पुरुषमा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार यसबाहेक धनुषाको एक पुरुषमा समेत कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको छ।

यसैगरि, प्रदेशमा हालसम्म १ हजार १ सय ७१ जना संक्रमित पुगेका छन्।मन्त्रालयले मंगलबार जिल्ला अस्पताल खोटांगमा उपचाररत एक जना सफल उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेशमा ८ सय ३० जना डिस्चार्ज भइसकेका छन्। प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ।परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्