सुदूरपश्‍चिममा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी-पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिइएको परिक्षणमा बझाङका १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेश बिज्ञप्ती अनुसार मंगलबार सेतीमा एक सय ७० जनाको स्वाव परिक्षण गरिएकोमा २६ पुरुष र ७ महिला गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका संक्रमितहरुमा कैलालीको गोदावरी नगरपालिकाका ९ पुरुष र ५ महिला गरी १४ जना, कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या चार हजार ६ सय ९२ पुगेको छ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्