सांसद उषाकला राई र राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवालसँग अन्तर्वार्ता

‘लोकल उत्पादनलाई ब्यान्ड गरेर देश समृद्ध बन्दैन’ (भिडियो)

‘लोकल उत्पादनलाई ब्यान्ड गरेर देश समृद्ध बन्दैन’ (भिडियो)

काठमाडौँ- सरकारले देशभर लोकल रक्सीलाई बरामद गरी नष्ट र ब्‍याण्ड गरिरहेका बेला नेकपाकी नेता तथा प्रदेशसभा सांसद उषाकला राईले भने लोकल रक्सीलाई ब्‍याण्ड होइन ब्राण्ड बनाउनुपर्नेमा जोड दिएकी छन्।

देश सञ्‍चारसँगको विशेष संवादमा उनले भनिन्, ‘विदेशीहरुले आफ्ना लोकल रक्सीलाई व्यवसायीकरण गरेका छन्। तर हामो देशमा लोकल रक्सीमा ब्याण्ड गरिन्छ। उनीहरुले बनाएका रक्सी हामी पिउँछौँ। तर लोकल रक्सीलाई वास्ता गर्दैनौं। यस्तो प्रवृतिले देश समृद्ध हुन सकेको छैन।’

स्थानीयस्तरमा उत्पादन हुने लोकल रक्सीलाई नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा यसको विस्तार गर्न यसलाई ब्याण्ड होइन ब्राण्ड बनाउनु पर्नेमा उनको जोड छ।

उनले अन्य मुलुकहरु आफ्ना लोकल उत्पादनलाई प्रवद्धन गरेर विकसित मुलुक बनेको तर हाम्रो देशमा लोकल उत्पादनलाई प्रतिबन्ध गरी स्थानीय सीपलाई दबाउने काम गरिएको आरोप लगाइन्।  ‘विदेशबाट निर्यात भएको क्यामिकल युक्त रक्सी हामी महँगो मूल्य तिरेर पिउँछौँ,’ सांसद राईले देशसञ्चारसँग भनिन्, ‘तर नेपालमा विभिन्न जडिबुटी मिसाएको कोदोको रक्सीलाई फ्याक्छन्। कसैले पिउँदैनन्।’

विशेषगरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग सांसद राईको माग छ।

उनलेले कोदोको रक्सीलाई ब्राण्ड बनाउनु पर्ने कुरा आफूले हचुवाको भरमा नउठाएको बताइन्। ‘मैले कोदोको रक्सीलाई ब्राण्ड बनाउनु पर्छ भन्ने कुरा यतिकै भनेको होइन। मसँग योजना छ। भिजन छ। ब्राण्ड बनाउँदा विदेशी रक्सीका जसरी मापदण्ड तोकेर बनाउनुपर्छ। त्यसको गुणस्तर देखि प्याकिङसम्म ध्यान दिएर बनाउनु पर्छ’, उनले भनिन्।

यसरी लोकल उत्पादनलाई प्रोत्साहन गर्दा देशको अर्थतन्त्रलाई ठूलो फाइदा हुनुका साथै युवावर्गले रोजगारीका लागि विदेशीनु पर्ने बाध्यताको अन्य हुने सांसद राईको धारण छ।‘नेपालमा दई खर्ब रुपैयाँभन्दा बढीको आयात हुन्छ’ उनले देशसञ्चारसँग भनिन्, ‘लोकल रक्सीलाई विदेशी सरह बनाउँदा या भनौँ त्यो क्वालेटी, फ्लेबर सबै करामा ध्यान दिएर बनाउने हो भने हाम्रो खर्बौँ रुपैयाँ बच्थ्यो र त्यो भन्दा बढी आम्दानी हुन सक्थ्यो।’

कोदोमा पौष्टिक तत्व हुने भएकाले यसले स्वास्थ्यलाई पनि फाइदा गर्ने उनको भनाइ छ। ‘हामीले कोदोलाई हेला गर्‍यौँ। तर अहिले ठूला होटल तथा रेष्टुरेन्टमा त्यसको माग छ। विदेशीहरुले कोदोको ढिडो मन पराउँछन्। हामी भने हेला गछौँ। कोदो स्वास्थ्यका लािग पनि निकै फाइदाजनक छ’, सांसद राईले भनिन्।

सांसद राईले नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने बताइन्।

यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले पनि लोकल उत्पादनलाई प्रवद्धन गर्नु पर्ने बताए। उनले यस विषयमा लामो समयदेखि कुरा उठाउँदै आए पनि यसमा कसैले पनि चासो नदेखाएको गुनासो गरे।

अध्यक्ष कटुवालले स्थानीय उत्पादनमा जोड दिए देश समृद्ध बन्‍न‍े बताए। ‘हामी सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँछौ। कसरी समृद्ध हुन्छ देश जब हामी लोकल उत्पादनलाई ब्याण्ड गर्ने, त्यस सम्बन्धी चासो नदिने प्रवृति छ’ उनले भने।

सरकारले बेवास्ता गरेका हामा लोकल उत्पादनलाई विदेशीले वास्ता गरेर हामीलाई नै निर्यात गरिरहेको उनको भनाइ छ। ‘हामीले वास्ता नगरेका वस्तुहरु विदेशमा निर्यात हुन्छन्’ उनले भने, ‘त्यही वस्तुहरुको उनीहरुले सही सदुपयोग गरी नेपालमा पठाउँछन् र हामीले आफूले पठाएका वस्तुहरु महंगोमा किन्‍नु पर्छ।’

सरकारले स्थानीय उत्पादनलाई प्रवद्धन गर्न स्थानीय स्तरमा नै बजारको व्यवस्था गर्नुपर्ने उनको माग छ। उनका अनुसार स्थानीय स्तरमा बजारको व्यवस्था गर्दा लोकल उत्पादनले बजार पाउनुका साथै बिचौलीयाको चलखेल पनि हुँदैन।

‘स्थानीय स्तरमा बजारको अभाव हुदाँ बिचौलियामा भर पर्नुपर्छ।जसले गर्दा उत्पादन गर्ने व्यक्ति मारमा प र्छ। त्यसैले लमेकल क्षेत्रमा नै बजारको व्यवस्था हुनुपर्छ,’ उनले भने।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू