म्यानचेस्टर सिटीमा अनुबन्धित भए फेरान तोरेस

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्धित गरेको छ।

पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले लिरोय सानेको स्थानमा तोरेसलाई ल्याएको हो । सिटीले २३ मिलियन युरो तिरेर तोरेसलाई ल्याएको हो । तोरेसले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तोरेसले भनेका छन्, ‘हरेक खेलाडी अट्याकिङ्ग टिमबाट खेल्न चाहन्छन् र म्यानचेस्टर सिटी विश्वको उत्कृष्ट अट्याकिङ्ग टिम हो । यो क्लबमा आउन पाउँदा निकै खुशी छु ।’

जर्मन फरवार्ड सानेले बुण्डेस लिगा जाइन्ट बार्यन म्युनिखका लागि म्यानचेस्टर सिटी छोडेका थिए । प्रिमियर लिगमा दोस्रो भएको सिटीले यो समर विण्डोमा सेन्टर डिफेन्डरहरु पनि अनुबन्धित गर्ने तयारी गरेको छ ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू