प्रिमियर लिगमा बढुवा भयो फुलह्याम

फुलह्याम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप प्ले–अफ फाइनमा ब्रेन्टफोर्डलाई पराजित गरेर फुलह्यामले शीर्ष लिगमा पुनरागमन गरेको हो ।

मंगलबार राति भएको प्ले–अफ फाइनलमा अतिरिक्त समयमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेर फुलह्यामले माथिल्लो लिगको मार्ग पक्का गरेको हो ।

निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा फुलह्यामले दुई गोल गर्न सक्यो भने ब्रेन्टफोर्डले मात्रै एक गोल गरेको हो ।

फुलह्यामका लागि १०५ र ११७ औँ मिनेटमा जो ब्रायनले गोल गरे। ब्रेन्टफोर्डका लागि अतिरिक्त समयको इन्जुरी टाइमको चौथो मिनेट अर्थात १२४ औँ मिनेटमा डाल्सगार्डले गोल गरे ।

जितसँगै फुलह्याम च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा हुने तेस्रो तथा अन्तिम टिम बन्यो । शीर्ष दुईमा रहेर लीड्स तथा वेष्ट ब्रोमले यसअघि नै प्रिमियर लिगमा स्थान बनाएका थिए ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू