अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना पक्राउ

सांकेतिक तस्बिर

दाङ–दाङमा एक किशोरीमाथि अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

राप्ती गाउँपालिका–३ की १७ वर्षीया किशोरीलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा वडा नम्बर ४ का २४ वर्षीय इसव जिसी, २० वर्षीय भुपाल थापालाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न रहेका सोही ठाउँका २६ वर्षीय अर्जुन विक, २८ वर्षीय प्रकाश नेपाली फरार रहेको र उनीहरु दुवैको खोजी भैरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारु मगरले जानकारी दिए।

घटना साउन १६ गतेको हो । किशोरी आफ्नो प्रेमीसँग घुम्न गएको समयमा चार जना युवाले प्रेमीलाई कुटपिट गरेर घाइते बनाएपछि किशोरीलाई अप्राकृतिक मैथुन गराएका थिए।

साउन १८ गते पीडितको तर्फबाट प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो । जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान थालिएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किँदै गर्दा बाटोबाटै र भुपाल थापामगरलाई प्युठानस्थित मामा घरबाट पक्राउ गरेको थियो।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू