विद्युतीय कारोबारमा जोड दिन महानगरको आग्रह

विराटनगर – विराटनगर महानगरपालिकाले कोरोनाभाइरस कोभिड १९ को संक्रमण बढ्दै गर्दा ब्रैंकिङ क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

महानगरको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केहीदिनदेखि विराटनगरका बैंकहरुमा सर्वसाधारणको उपस्थिति बढ्दो देखिएपछि सुरक्षित उपाय अपनाउन अपिल गरेको हो।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले अहिलेको अवस्थामा बैंकमा भीडभाडलाई निरुत्साहित गर्दै विद्युतिय प्रयोगमा जोड दिन आग्रह गरेको बताए।

रुपैयाँ, नोटबाट समेत संक्रमण फैलिन सक्ने अवस्था देखिएको हुदाँ त्यसबाट जोगिन खतिवडाले महानगरवासीलाई एटीएम कार्ड, स्मार्ट बैंकिंग कारोबार, इपे जस्ता विद्युतीय प्रवीधि उपयोग गर्न जोड दिए।

महानगरमा गत साउन १६ गतेबाट लकडाउन जारी गरिरहँदा सर्वसाधारणको बैंकमा उपस्थिति भएर गरिँदै आएको कारोबार तत्काल रोक्न समेत महानगरले बैंकिंग तथा वित्तीय क्षेत्रलाई आग्रह गरेको छ।

विराटनगर महानगरपालिकामा हालसम्म १ सय ५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ । त्यसैगरि, हालसम्म ३१ जना संक्रमित पीसीआर रिपोर्ट नेगेटिभआएसँगै उपचार केन्द्रबाट डिस्चार्ज भइसकेका छन्।

हालसम्म महानगरपालिकाले २ हजार ९ सय ५३ जनाको पीसीआर परिक्षण गरेको छ । त्यसैगरि महानगरपालिकाका विभिन्न क्वारेन्टिनमा ७७ जना रहेको जनाएका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले ८ सय २७ जना क्वारेन्टिनबाट डिस्चार्ज भइसकेको जानकारी दिए ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्