सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, तोलाको एक लाख एक हजार भन्दा धेरै

काठमाडौँ – सुनको भाउ एकै दिन १६ सय रुपैयाँले बढेर तोलाको एक लाख भन्दा माथि पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य बुधबार एक लाख भन्दा बढी कामय भएको हो ।

छापावाल सुनको मूल्य १६ सयले बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ ।

यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेर तोलाको १२ सय ९५ पुगेको छ।

सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन्।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्