मदन पुरस्कारका लागि छानिए ७ पुस्तक

काठमाडौँ– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’का लागि सात वटा पुस्तक छनौट गरेको छ।

यस वर्षको मदन पुरस्कार लागि २०७६ मा प्रकाशित १ सय ५१ वटा पुस्तक प्राप्त भएकाेमा सात वटा छनौटमा परेको मदन पुरस्कार गुठीले जनाएको छ।

विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुंगानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महरसनिघण्टु (खण्ड १–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ यस वर्षको मदन पुरस्कारका लागि छनौटमा परेका हुन्।

यी सात वटा पुस्तकमध्येबाट एकलाई मदन पुरस्कार प्रदान गरिने छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्